scholarly journals कक्षा दशको नेपाली भाषा पाठ्यपुस्तकमा बोलाइ सिपको अभ्यास

2021 ◽  
Vol 5 (1-2) ◽  
pp. 145-158
Author(s):  
उमेश काफ्ले

भाषा पाठ्यपुस्तकमा राखिएका नमुना अभ्यासले विद्यार्थीहरूको भाषिक सिप विकासमा महत्वपुर्ण भूमिका निर्वाह गर्दछ । २०७४ मा प्रकाशित कक्षा दशको नेपाली पाठ्यपुस्तकमा उपयोग गरिएका बोलाइ सिपअन्तर्गतका अभ्यासहरूको पहिचान गर्नु यस अध्ययनको मुख्य उद्देश्य हो । यस अध्ययनका लागि पुस्तकालयबाट भाषा पाठ्यक्रम, पाठ्यपुस्तक र परीक्षणसम्बन्धी पुस्तकहरू सङ्कलन गरिएको छ । परीक्षणसम्बन्धी पुस्तकबाट बोलाइ सिपसम्बद्ध मान्यताहरूको समीक्षात्मक टिप्पणीबाट विश्लेष्य सूचकहरू निर्धारण गरी अभ्यासको अध्ययन गरिएको छ । बोलाइ सिपसम्बद्ध अभ्यासहरू २२.७८ प्रतिशत रहेको देखिन्छ । समग्रमा उच्चारण, शब्दार्थ र वाक्यमा प्रयोग, छलफल, विचार÷तर्क, कुराकानी, संवाद, अभिनय, मौखिक प्रश्नोत्तर आदि क्षेत्रसँग सम्बद्ध अभ्यासहरू राखिएको छ । प्रत्येक पाठमा उच्चारण,शब्दार्थ र वाक्यमा प्रयोग तथा छलफलसम्बन्धी प्रश्नहरूको प्रयोग बढी गरिएको छ । पाठगत अभ्यासको आधारमा हेर्दा चित्रवर्णन, शाब्दिक निबन्ध, मौखिक प्रश्नोत्तर आदि पक्षका अभ्यासहरू अत्यन्त कम रहेका छन् । बोलाइ सिपको प्रभावकारी विकासका लागि अन्तर्वार्ता, भूमिका निर्वाह, मौखिक रचना, वादविवाद र विषयअनुकूलका कुराकानी सम्बद्ध अभ्यास थप्नुपर्ने देखिन्छ । यस अध्ययनले शिक्षण सिकाइका क्रममा भाषा शिक्षकलाई बोलाइ सिपसम्बन्धित अभ्यासको पहिचान गरी समानुपातिक रुपले कक्षा कार्यकलाप अगाडि बढाउन सहयोगी हुनेछ । यस लेखले भाषा शिक्षणसम्बन्धी चासो राख्ने पाठ्यक्रम निर्माता, पाठ्यपुस्तक लेखक, भाषा शिक्षक र विद्यार्थीमा सहयोग पु¥याउने छ ।

Sign in / Sign up

Export Citation Format

Share Document