scholarly journals पठन सिप विकासमा प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको सान्दर्भिकता Pathan Sip Bikasma Prarambhik Kakshya Padhai Karyakramko Sandharbhikata

AMC Journal ◽  
2021 ◽  
Vol 2 (1) ◽  
pp. 136-155
Author(s):  
रमेश Ramesh भट्टराई Bhattarai

यो अध्ययन राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको योजना र विकासमा आधारित छ । उक्त कार्यक्रमको सान्दर्भिकतालाई शैक्षिक गुणस्तर अभिवृद्धिका हिसाबले मूल्याङ्कन गर्नु नै यस अध्ययनकोउद्देश्य रहेको छ । अध्ययनलाई यस कार्यक्रमसँग सम्बन्धित आधार सामग्री, तालिम स्रोत सामग्री,मार्गदर्शनलगायत अन्य मातृभाषा विषयक द्वितीयक स्रोत सामग्रीलाई आधार मानेर गुणात्मक अध्ययनविश्लेषण गरिएको छ । विद्यार्थीको सिकाइमा केन्द्रित भई शिक्षाको गुणस्तर सुधार गर्ने मूल उद्देश्यअनुरूप नेपाल सरकार, शिक्षा मन्त्रालयले पञ्चवर्षीय कार्यक्रमको रूपमा आ.व. २०७१÷०७२ देखिआधारभूत तह (कक्षा १–३) मा यस कार्यक्रमको थालनी गरेको हो । यसले ‘बुझेर पढ्ने र पढेर बुझ्ने’मान्यताका आधारमा प्रारम्भिक तहमा पढाइ सिप राम्रो भएमा समग्र शिक्षाको जग बलियो हुन्छ भन्नेअवधारणालाई अघि सारेको छ । पठन संस्कृतिलाई व्यवस्थित विकास गर्ने गरी ६ ओटा तŒवलाईनिर्दिष्ट गरेको यस कार्यक्रममा मातृभाषा शिक्षालाई विशेष जोड दिइएको छ । यिनै विषयवस्तुकोमहत्तालाई केन्द्रमा राखेर यस अध्ययनमा प्रारम्भिक तहमा पढाइ सिप विकासको आवश्यकता, मातृभाषाशिक्षा, नीति तथा यस कार्यक्रमको व्यावहारिकता लगायतका सन्दर्भलाई विश्लेषण गरिएको छ ।


Sign in / Sign up

Export Citation Format

Share Document