scholarly journals विश्वामित्र–मेनका खण्डकाव्यमा नारीवाद

2021 ◽  
Vol 11 (1) ◽  
pp. 296-308
Author(s):  
सुभाषचन्द्र न्यौपाने

प्रस्तुत अध्ययनमा खण्डकाव्यकार घनश्याम कँडेलको पौराणिक विषयवस्ुतमा आधारित विश्वामित्र–मेनका खण्डकाव्यलाई नारीवादी चेतनाका आधारमा विश्लेषण गरिएको छ । नारीवाद राजनैतिक समतामूलक विचार बोकेको साहित्यिक आन्दोलन हो । यो लैङ्गिक विभेदका दृष्टिले हेर्दा जातीय मानिने विश्वका आधाभन्दा बढी नारीहरूको साहित्यिक स्वतन्त्रताको शङ्खघोष गर्ने र परम्परालाई नारीका पक्षमा नवीकरण गर्ने चिन्तन हो । कँडेलको वि.सं.२०६६ सालमा प्रकाशित भएको यस खण्डकाव्यमा केकस्ता नारीवादी चिन्तनहरू रहेका छन् भन्ने कुराको विश्लेषण यस लेखमा गरिएको छ । पितृसत्तात्मक समाजमा नारीहरूले भोग्नुपरेका नारकीय कष्टहरू केकस्ता थिए, नारीहरूले आफ्नो स्वतन्त्र अस्तित्व स्थापनाका लागि केकस्ता प्रयत्नहरू गरेका थिए, खण्डकाव्यमा नारीहरूको अवस्था केकस्तो कारुणिक थियो र उनीहरूले नारीमुक्तिका लागि केकस्ता अभियानहरू सञ्चालन गरेका थिए भन्ने कुराको विश्लेषण यस लेखमा गरिएको छ । प्रस्तुत लेख तयारीका क्रममा प्राथमिक सामग्रीका रूपमा खण्डकाव्यकार घनश्याम कँडेलको विश्वामित्र–मेनका खण्डकाव्यलाई लिइएको छ भने द्वितीयक सामग्रीका रूपमा नारीवादी साहित्यसिद्धान्त तथा विश्वामित्र–मेनका खण्डकाव्यका सन्दर्भमा प्रकाश पारी लेखिएका पुस्तक, पत्रपत्रिका, भूमिकाजस्ता पुस्तकालयीय सामग्रीहरूको उपयोग गरिएको छ । सामग्री विश्लेषणका क्रममा निगमनात्मक विधिअनुसार स्थापित सिद्धान्तका आधारमा वर्णनात्मक र व्याख्यात्मकविधिको प्रयोग गरी अन्त्यमा अर्थापनविधिद्वारा लेखलाई पूर्णता दिइएको छ । यस खण्डकाव्यमा प्रयुक्त पात्रहरूमा देखापरेका नारीवादी अभिलक्षणका आधारमा विश्वामित्र–मेनका नारीवादी चेतनाले भरिएको खण्डकाव्य हो भन्ने निष्कर्ष निकालिएको छ ।

Sign in / Sign up

Export Citation Format

Share Document