नेपाली भाषा र जुम्लामा बोलिने नेपाली भाषाको पदसङ्गति व्यवस्थाको तुलनात्मक अध्ययन Nepali Bhasha ra Jumlama Boline Nepali Bhashako Padsangati Byabsthako Tulanatmak Adhyayan
प्रस्तुत अध्ययन नेपाली भाषाको मूल थलो जुम्लामा बोलिने नेपाली भाषाको पदसङ्गतिको अवस्था केकस्तो रहेको छ भन्ने सन्दर्भमा केन्द्रित रहेको छ । यस अध्ययनका लागि जुम्लाका बक्ताले के कस्तोबोल्छन् भनी स्तरीय नेपाली व्याकरणका आधारमा हेरिएको छ । जुम्लाका बक्ताले जुनसुकै पुलिङ्ग कर्तामाआया र स्त्रीलिङ्ग कर्तामा आइगइन क्रियापदको प्रयोग गर्दछन् । यहाँ गाईलाई लक्ष्मीका रूपमा मानिनेहुँदा मानवेत्तर प्राणी भए पनि स्त्रीलिङ्ग तथा सामान्य आदरार्थी तिमीको प्रयोग गरिन्छ । यहाँ अन्यमानवेत्तर प्राणीको नाममामात्र लिङ्गभेदको व्यवस्था देखिन्छ क्रियापदमा देखिदैँन । यहाँ अगणनीय कर्तासँगस्ह्ब्बै, मस्तै जोडेर बहुवचनको क्रियापद बोलिन्छ । यहाँ निकटतम् कर्ताअनुसारको क्रियापद नआईबहुवचनबोधक क्रियापद आएको हुन्छ । यहाँ सबै कर्ममा उस्तै क्रियापदको प्रयोग गरिन्छ । यहाँ आमा,बुबा, दाइ, दिदी, गुरु आदि उच्च आदरार्थी कर्ताअनुसारको क्रियापदको प्रयोग नगरी सामान्य आदरार्थीतिमीको प्रयोग गरिन्छ । यस्तै बहिनी, छोरीमा तिमी सामान्य आदरार्थीको प्रयोग गरिन्छ र अन्य स्त्री रश्रीमतीलाई तँ बोलिन्छ । यहाँ बहुवचनबोधक ‘हरू’ प्रत्ययको अभाव देखिन्छ । यहाँ प्रायःः नामको सट्टामा‘ती’ सर्वनामको प्रगोग पाइन्छ । उच्च आदरार्थी नामको सट्टामा ‘आपू’ सर्वनामको प्रगोग गरिन्छ । प्रथमपुरुषका रूपमा मु, हामी, द्वितीय पुरुषका रूपमा तो, ती र तृतीय पुरुषका रूपमा ती, त्यइखो सर्वनामकोप्रयोग गरिन्छ । यहाँ को, का, कि षष्ठी विभक्तिका सट्टामा क्रमशः ओ, आ, इ को प्रयोग गरिन्छ ।