समाजशास्त्रीय दृष्टिले भागीरथी श्रेष्ठको भूमिगत कथाको विश्लेषण Samajshastriya Drishtile Bhagirathi Shrestheko 'Bhumigat' Kathako Bishleshan

2020 ◽  
Vol 1 (1) ◽  
pp. 169-179
Author(s):  
बालकृष्ण Balkrishna शर्मा Sharma

प्रस्तुत आलेख समाजशास्त्रीय दृष्टिले भागीरथी श्रेष्ठको भूमिगत कथाको विश्लेषण शीर्षकमा केन्द्रित भईतयार पारिएको हो । यस आलेखमा लुसिएँ गोल्डमानको समाजशास्त्रीय पद्धतिअनुसार भूमिगत कथामाअभिव्यक्त सामाजिक चेतनाको प्रतिबिम्बको खोजी गरिएको छ । प्रस्तुत आलेखमा कथाबाट आवश्यकसाक्ष्यहरू लिई कथाको आख्यान सन्दर्भ प्रस्तुत गर्दै कथारचनाको सामाजिक पृष्ठभूमि र सामाजिकसंरचनाको सन्दर्भलाई विश्लेषण गरी कथामा अभिव्यक्त विश्वदृष्टिको खोज गर्ने काम गरिएको छ । यसक्रममा वि.सं. २०४६ को बहुदलीय प्रजातन्त्रप्राप्तिपश्चात् लक्ष्य शर्मालाई भेट्न काठमाडौँ आइपुगेकी पारूशर्माले जुन अवस्था भोगी र जनताको सेवा गर्ने प्रतिबद्धता जनाएको लक्ष्य शर्माले जुन चरित्र र व्यवहारप्रदर्शन गर्यो त्यसबाट लक्ष्य शर्माजस्ता केही नेताहरूको समूहमा विकसित देशमा प्रजातन्त्रको स्थापनाभयो, वास्तविक प्रजातन्त्र यही हो भन्ने विश्वदृष्टि र अर्को प्रजातान्त्रिक जनसमुदायमा विकसित निःस्वार्थराजनीतिद्वारा देश र जनताको हित हुनुपर्छ भन्ने विश्वदृष्टि गरी दुईवटा विश्वदृष्टिको निरूपणपश्तात् त्यसविश्वदृष्टिसँग मूलभूत सामाजिक समूहको विश्वदृष्टिको सम्बन्धको विवेचना गरिएको छ । त्यस्तै यसमाभूमिगत कथा र तत्कालीन इतिहासका बिच विश्वदृष्टिका स्तरमा संरचनात्मक सम्बन्धको खोजीसमेतगरिएको छ ।  

Sign in / Sign up

Export Citation Format

Share Document