साहित्यको समाजशास्त्रीय चिन्तनमा विलियम्सको धारणा Sahityako Samajshastriya Chintanma Wiliyamsko Dharana

2020 ◽  
Vol 1 (1) ◽  
pp. 200-208
Author(s):  
रामहरि Ramhari लम्साल Lamsal

रेमन्ड विलियम्स साहित्यको समाजशास्त्रीय अध्ययनको छुट्टै अवधारणा प्रस्तुत गर्ने पछिल्ला अंग्रेजविचारक हुन् । उनले साहित्यको समाजशास्त्रीय अध्ययनका लागि संस्कृतिको समाजशास्त्र र अनुभूतिकोसंरचनालाई सैद्धान्तिक मान्यताका रूपमा प्रतिपादन गरेका छन् । विलियम्सले साहित्यको समाजशास्त्रीयअध्ययन गर्दा यिनै दुईटा अवधारणामा केन्द्रित रहेर कुनै पनि साहित्यिक कृतिहरूको समग्र अन्तर्वस्तुकोअध्ययन गर्न सकिन्छ भन्ने दृष्टिकोण प्रस्तुत गरेका छन् । उनले संस्कृतिको समाजशास्त्रमा साहित्यकोविवेचना गर्दा विचारभन्दा बढी अनुभवलाई महङ्खव दिएका छन् र वर्गभन्दा समुदायलाई मूल्य र अर्थकोमुख्य स्रोत मानेका छन् । अर्कोेतर्फ उनले अनुभूतिको संरचनाका माध्यमबाट रचनाको वैयाक्तिक, जीवन्तर आत्मपरक पक्षको उद्घाटन हुने कुराको उल्लेख गरेका छन् । यस लेखमा सहित्यकार, आलोचक एवंसमाजशास्त्री विलियम्सको परिचय, विशेषता र उनले प्रतिपादन गरेको साहित्यको समाजशास्त्रीयअध्ययनका विषयमा चर्चा गरिएको छ । यस लेखमा विलियम्सको संस्कृतिको समाजशास्त्र र अनुभूतिकोसंरचनासम्बन्धी उनको दृष्टिकोण साहित्यको समाजशास्त्रीय विश्लेषण गर्ने विशिष्ट सैद्धान्तिक अवधारणाकारूपमा स्थापित भएको विषय उद्घाटन गर्दै साहित्यिक समालोचनाका क्षेत्रमा उनको समाजशास्त्रीयअध्ययनसम्बन्धी मान्यता र प्रस्तावनाहरू महङ्खवपूर्ण योगदान भएको निष्कर्ष प्रस्तुत गरिएको छ ।

Sign in / Sign up

Export Citation Format

Share Document