scholarly journals ‘अँध्यारामा बाँच्नेहरू’ एकाङ्कीको समाजशास्त्रीय अध्ययन

2021 ◽  
Vol 2 (1) ◽  
pp. 245-254
Author(s):  
Mukta Raj Upadhyaya

लेखकले आफु बाँचेको युग र आफुले भोगेको सामाजिक, आर्थिक, भौगोलिक आदि पर्यावरणलाई दृष्टिगत गरी कृतिभित्रको समाजको वैज्ञानिक एवं वस्तुपरक ढङ्गले अध्ययन एवं विश्लेषण गर्ने सिद्धान्तलाई साहित्यको समाजशास्त्र भनिन्छ । अर्को शब्दमा साहित्यिक कृतिहरूमा अन्तर्निहित समाजको अध्ययन गर्ने एक विशिष्ट पद्धति वा सिद्धान्त हो साहित्यको समाजशास्त्र । साहित्यमा समाजकै चित्रण हुने हुँदा साहित्यिक कृतिका माध्यमबाट तत्कालीन समाजको अध्ययन गर्न सकिने कुरामा यस सिद्धान्तले विश्वास राख्दछ । प्रस्तुत अध्ययनमा ‘अँध्यारामा बाँच्नेहरू’ एकाङ्कीको समाजशास्त्रीय अध्ययन गर्दा हिपोलाइट एडोल्फ टेनले अघि सारेको जाति, क्षण र पर्यावरणसम्बन्धी मान्यतालाई प्रमुख आधार बनाई उक्त मान्यता प्रस्तुत एकाङ्कीमा केकसरी प्रयोग भएको छ भन्ने जिज्ञासाको प्राज्ञिक समाधानका निम्ति एकाङ्कीमा प्रयुक्त विभिन्न पात्रहरूले बोलेका संवादहरूलाई साक्ष्यका रूपमा लिई वस्तुनिष्ठ ढङ्गले अध्ययन विश्लेषण गरिएको छ ।

Sign in / Sign up

Export Citation Format

Share Document